काठमाडौं । PMGO साउथ एसिया फाइनल्स २०२६ नेपालमा आयोजना हुने भएको छ। पब्जी मोबाइल गेमिङको यो ठूलो प्रतियोगिता भदौ ३१ देखि असोज ३ गतेसम्म काठमाडौंको दशरथ रंगशाला कभर्ड हलमा सञ्चालन हुनेछ।
प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा एक्स्ट्रिम इनर्जी ड्रिंक रहेको छ। प्रतियोगिताले नेपालमा बढ्दै गएको गेमिङ तथा ई–स्पोर्ट्सप्रतिको आकर्षणलाई थप उत्साह दिने आयोजकको विश्वास छ।प्रतियोगिता अवधिभर दर्शक तथा सहभागीका लागि एक्स्ट्रिम फन एन्ड एक्सपेरियन्स जोन समेत सञ्चालन गरिनेछ। जहाँ विभिन्न मनोरञ्जनात्मक खेल, गेमिङ च्यालेन्ज, फोटो तथा कन्टेन्ट जोन, प्रतियोगिता र तत्काल उपहार वितरणजस्ता गतिविधि हुनेछन्।
त्यस्तै, वाच पार्टी जोन र एक्स्ट्रिम गेमिङ च्यालेन्ज लगायतका कार्यक्रमले दर्शकलाई प्रतियोगितासँगै थप मनोरञ्जन र नयाँ अनुभव प्रदान गर्ने जनाइएको छ। चार दिनसम्म सञ्चालन हुने PMGO साउथ एसिया फाइनल्सले नेपालमा ई–स्पोर्ट्स तथा गेमिङ संस्कृतिको प्रवद्र्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्रतियोगितामा गेमिङ प्रतिस्पर्धासँगै दर्शकको सहभागिता, मनोरञ्जन र अनुभवलाई समेत विशेष प्राथमिकता दिइने आयोजकले जनाएको छ।