काठमाडौं । विना सुनुवाई ४०-४१ वर्षदेखि भारतीय जेलमा कैदीजीवन बिताइरहेका नेपाली दुर्गाप्रसाद तिम्सिना आज जेलमुक्त भएका छन् ।
कोलकतास्थित ‘दमदम सेन्ट्रल करेक्सनल होम’मा रहेका रहेका उनी आज जेल मुक्त भएका हुन् । उनी इलाम माई नगरपालिका–१० लुम्बाकका स्थायी बासिन्दा हुन् ।
तिम्सिनालाई लिन भाइ प्रकाशचन्द्र (काकाका छोरा) र विश्व मानव सेवा विस्तार संस्थाका प्रतिनिधि इन्द्र बस्नेत दमदम जेलमा पुगे का छन् । उनी सन् १९८० मा दार्जेलिङबाट एक महिलाको हत्या अभियोगमा पक्राउ परेका थिए । यद्यपि उनीमाथिको यो आरोप प्रमाणित भएको छैन ।
उनीविरुद्ध दार्जिलिङ पुलिसमा हत्या अभियोगमा जाहेरी दर्ता भएको प्रमाण छ ।
दार्जिलिङका नैन घलेले आफ्नी श्रीमती हत्या अभियोगमा उनीविरुद्ध जाहेरी दिएको देखिन्छ । तर, तिम्सिनालाई फसाउन फर्जी जाहेरी दिएको उनको पारिवारिक स्रोतले दाबी गरेको छ ।