Aug 03 2026 | २०८३, श्रावण १८ गते

२०८३, श्रावण १८ गते
  • यो साता चर्चामा :
images

लघुवित्त संघद्धारा पत्रकार भण्डारी सम्मानित, पोखरेलकै नेतृत्वमा नयाँ कार्यसमिति गठन

लघुवित्त संघद्धारा पत्रकार भण्डारी सम्मानित, पोखरेलकै नेतृत्वमा नयाँ कार्यसमिति गठन

  • शुक्रवार, चैत्र ६ २०७७

  • 1.1K
    SHARES

  • लघुवित्त संघद्धारा पत्रकार भण्डारी सम्मानित, पोखरेलकै नेतृत्वमा नयाँ कार्यसमिति गठन

    काठमाडौँ । लघुवित्त संघ नेपालले पत्रकारिताको माध्यमबाट लघुवित्त क्षेत्रमा योगदान पुर्याएको भन्दै पत्रकार जीवन भण्डारीलाई सम्मान गरेको छ । झण्डै दुई दशकदेखि पत्रकारितामा क्रियाशिल पत्रकार भण्डारीले लघुवित्तका बारेमा लेख्ने-लेखाउने गर्दै आउनु भएकाले सम्मान गरिएको संघले जनाएको छ ।

    नेपाली रेडियो नेटवर्कका समाचार निर्देशक तथा राष्ट्रिय समाचार समितिका उपसम्पादक भण्डारीलाई संघको स्थापना दिवसको अवसरमा शुक्रबार काठमाडौमा अर्थसचिव शिशिर ढुंगानाले सम्मान गर्नुभएको हो ।

    बार्षिकोत्सव समारोहमा भण्डारीसँगै लघुवित्त क्षेत्रका अरु ६ जनालाई पनि सम्मान गरिएको छ । लघुवित्त वित्तिय संस्थाको उत्कृष्ट व्यवस्थापन गरेको भन्दै निर्धन उत्थान बैंकका प्रमुख कार्यकारी अधिकृत जनार्दनदेव पन्त र फस्ट माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत नुमनाथ पौडेललाई उत्कृष्ट सिइओ सम्मान प्रदान गरिएको छ ।

    त्यसैगरी लघुवित्त क्षेत्रमा अध्ययन अनुसन्धानको माध्यमबाट योगदान गर्नु भएकाले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक भरतसिंह थापालाई पनि सम्मान गरिएको छ ।

    संघले लघुवित्त वित्तिय संस्थामा सेवाग्राहीको रुपमा आवद्ध भइ आफ्नो आर्थिक तथा सामाजिक उत्थान गर्नु भएका तीन महिलाहरुलाई प्रोत्साहन स्वरुप सम्मान गरेको अध्यक्ष जगत पोखरेलले जानकारी दिनुभयो । उहाँले लघुवित्त क्षेत्रको संबद्र्धन गर्न र विक्रिती न्युनिकरण गर्न योगदान गरेका व्यक्तिहरुलाई संघले हरेक बर्ष प्रोत्साहन गर्ने योजना बनाएको पनि बताउनुभयो ।

    देशभरी रहेका लघुवित्त वित्तिय संस्थाहरुलाई संगठित गरी यस क्षेत्रका समस्याहरुको समाधान गर्दै सेवालाई प्रभावकारी र उपयोगी बनाउने उद्धेश्यले गत बर्ष संघको स्थापना भएको हो । संघको प्रथम साधारण सभा पनि आजै भएको छ । साधारण सभाले संघका संस्थापक अध्यक्ष जगत पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।

    शुक्रबार काठमाडौमा भएको संघको प्रथम साधारण सभाले उपाध्यक्षमा भगवती चौधरी र माणिकरत्न शाक्य, महासचिवमा बाबुराम विश्वकर्मा, सचिवमा अनन्त कुमार श्रेष्ठ र कोषाध्यक्षमा नरेश केसीलाई नै निर्वाचित गरेको छ । यस्तै सदस्यमा बिमला उपाध्याय घिमिरे र किरण चौधरी निर्वाचित हुनुभएको छ ।

    स्थापनाका बेला ९ सदस्यीय रहेको समिति विस्तार गरी ११ सदस्यीय बनाउने र बाँकी तीन जना पछि मनोनित गर्ने निर्णय पनि साधारण सभाले गरेको छ ।


    शुक्रवार, चैत्र ६ २०७७०५:५९:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij