Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङ पर्नसक्ने पूर्वानुमान

पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङ पर्नसक्ने पूर्वानुमान

  • शुक्रवार, चैत्र ६ २०७७

  • 1.2K
    SHARES

  • पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङ पर्नसक्ने पूर्वानुमान

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका पहाडी क्षेत्रका केही स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ ।

    महाशाखाले जारी गरेको मौसम पूर्वानुमानका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ ।

    हालको मौसमको अवस्थाबारे जानकारी दिँदै महाशाखाले अहिले देशका विभिन्न भूभागहरुमा आंशिक र सामान्य बदली भइरहेको जनाएको छ ।

    यसैगरी, महाशाखाले दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहि पहाडी भूभागको थोरै स्थानमा अपरान्हपछि मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ ।

    यस्तै, आज राति देशभर आंशिकदेखि सामान्य बदली रहि पहाडी भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना हुनसक्ने पूर्वानुमानमा उल्लेख छ ।


    शुक्रवार, चैत्र ६ २०७७०९:२८:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij