Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

१९ महिने बालिकासहित लमजुङका २२ जनामा कोरोना संक्रमण, गण्डकीमा एकैदिन ४७ थपिए

१९ महिने बालिकासहित लमजुङका २२ जनामा कोरोना संक्रमण, गण्डकीमा एकैदिन ४७ थपिए

  • शुक्रवार, श्रावण २ २०७७

  • 846
    SHARES

  • १९ महिने बालिकासहित लमजुङका २२ जनामा कोरोना संक्रमण, गण्डकीमा एकैदिन ४७ थपिए

    पोखरा । गण्डकी प्रदेशमा थप २२ जनामा कारोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै लमजुङका हुन् । संक्रमितहरु १९ महिनादेखि ७४ वर्ष उमेर समूहका छन् ।

    उनीहरु सबैको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएको थियो । लमजुङको ५ स्थानीय तहमा नयाँ कोरोना संक्रमित फेला परेका हुन् ।

    कोरोना संक्रमण पुष्टि हुनेमा लमजुङ मस्र्याङ्दी गाउँपालिकाका ६ जना, दोर्दीं गाउँपालिकाका ४ जना, राइनास नगरपालिका ६ जना पुरुष र १९ महिने बालिकासहति २ महिला, दूधपोखरीका ३८ वर्षीय एक पुरुष, क्वोलासोंथरका २ जना पुरुष र बेंसीसहरका ४७ वर्षीय एकजना पुरुष छन् ।

    संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको गण्डकी स्वास्थ्य निर्देशनालय प्रमुख डा विनोनविन्दु शर्माले जानकारी दिए ।

    यसअघि शुक्रबार बिहानमात्रै गण्डकीमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार २७८ पुगेको छ । जसमध्ये ९२५ जना कोरोना संक्रमित डिस्चार्ज भएर घर फर्किइसकेका छन् ।

    गण्डकीमा ४ जना पुरुषको कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा, बागलुङ र स्याङजाका छन् ।


    शुक्रवार, श्रावण २ २०७७०३:०९:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij