Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

गुट भेलामा जानेलाई कारबाही गर्ने बालुवाटार बैठकको निर्णय (४ तस्बिरसहित)

गुट भेलामा जानेलाई कारबाही गर्ने बालुवाटार बैठकको निर्णय (४ तस्बिरसहित)

एमाले संसदीय बोर्डमा खनाल र नेपाल पनि
  • बिहिवार, चैत्र ५ २०७७

  • 1.2K
    SHARES

  • गुट भेलामा जानेलाई कारबाही गर्ने बालुवाटार बैठकको निर्णय (४ तस्बिरसहित)

    काठमाडौं । नेकपा (एमाले) संसदीय दलको बैठकले गुटगत भेला नगर्न र पार्टीबाहेक अरु कसैको निर्देशन नमान्न सांसदहरुलाई निर्देशन दिएको छ । आज बालुवाटारमा बसेको बैठकले पार्टीबाहेक अरुले बोलाउने भेलामा नजान सांसदहरुलाई निर्देशन दिइएको हो ।

    oli.jpg

    गुट भेलामा जानेहरुलाई आत्मलोचनासहित दल र पार्टीको कार्यक्रममा सहभागी हुन आह्वान गर्दै दलको बैठकको निर्णय नमाने कार्बाही प्रक्रिया अगाडि बढाउने चेतावनीसमत दिइएको छ ।

    यता, आजकै बैठकले संसदीय दलको बोर्ड गठन र विधान संशोधन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

    uml.jpg

    दलका नेता केपी शर्मा ओली अध्यक्ष रहने बोर्ड सदस्यहरुमा नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, सुवास नेम्वाङ, विशाल भट्टराई, सुमन प्याकुरेल, विमला राई पौड्याल, राधा ज्ञवाली, दामोदर भण्डारी, विन्दा पाण्डे, विद्या भट्टराई, रेखा झा, राजेन्द्र राई, शेरबहादुर तामाङ र छविलाल विश्वकर्मा छन् ।

    uml2.jpg

    त्यस्तै, भूपेन्द्र थापा, खेम लोहनी, सरिता दाहाल र विमला विश्वकर्मा पनि बोर्ड सदस्य रहेका छन् । थप तीन जना भने बोर्डको बैठकले चयन गर्ने निर्णय भएको एमाले स्रोतले जनाएको छ ।

    तस्बिर स्रोत : प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा ।


    बिहिवार, चैत्र ५ २०७७०१:५५:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij