Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

एमाले संसदीय दलको बैठक बालुवाटारमा जारी, खनाल–नेपाल समूहको पनि छुट्टै बैठक

एमाले संसदीय दलको बैठक बालुवाटारमा जारी, खनाल–नेपाल समूहको पनि छुट्टै बैठक

  • बिहिवार, चैत्र ५ २०७७

  • 1.2K
    SHARES

  • एमाले संसदीय दलको बैठक बालुवाटारमा जारी, खनाल–नेपाल समूहको पनि छुट्टै बैठक

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको बैठक आज बसेको छ । विहान ११ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

    बैठकमा सहभागी हुन सबै सांसदहरुलाई जानकारी गराइएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभएको छ । तर, एमालेका पूर्वअध्यक्ष झलनाथ खनाल र पूर्वमहासचिव माधवकुमार नेपाल पक्षीय सांसद भने बैठकमा अनुपस्थित छन् ।

    ओलीले यसअघि गरेको एकलौटी निर्णय फिर्ता लिन अस्वीकार गरेकाले आफूहरु बैठकमा सहभागी नभएको उनीहरुको भनाइ । ओलीले संसदीय दलको बैठकबाट नेपाल पक्षलाई गुटगत भेलाको आरोप लगाउँदै कारवाही प्रक्रिया अघि बढाउने अनुमान गरिएको छ ।

    अध्यक्ष ओलीले ७ गते केन्द्रीय कमिटिको बैठक पनि बोलाउनु भएको छ । बैठकमा सहभागी हुन उहाँले खनाल–नेपाल पक्षलाई सार्वजनिक रुपमा समेत आह्वान गर्नुभएको छ ।

    यता, नेपाल पक्षको पनि अहिले आफू पक्षीय सांसदहरुसँग बैठक बसिरहेको छ ।

    कार्यकर्ता भेला भइरहेको स्थान ललितपुरको होटल हेरिटेजमा सांसदहरुको बैठक बसिरहेको खनाल–नेपाल पक्षका नेता विष्णु रिजालले जानकारी दिनुभयो ।

    यसैबीच, उक्त समूहको राष्ट्रिय भेला पनि आज सकिँदै छ । हिजोदेखि सुरु भएको भेला महत्वपूर्ण निर्णय गर्दै सकिने भएको हो । नेपाल पक्ष तीन महिने अभियान लिएर तल्लो तहसम्म जाने भएको छ ।

    भेलाले तीन महिने अभियानका कार्यक्रम पारित गरेपछि केन्द्रदेखि वडासम्म विभिन्न कार्यक्रम सञ्चालन गरिने भएका छन् ।


    बिहिवार, चैत्र ५ २०७७१२:०८:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij