काठमाडौं । गण्डकी प्रदेशमा २५ जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग केन्द्र पोखरा र प्रदेश जनस्वास्थ्य प्रयोगशाला हेटौंडामा भएको परीक्षणबाट थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै गण्डकीमा संक्रमितको संख्या १२५६ जना पुगेको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार थपिएका संक्रमितमध्ये नवलपरासी पूर्वको गैंडाकोट नगरपालिकाका १८ जना पुरुष र तनहुँको व्यासका तीन जना, म्याग्दे र भानुका दुई–दुईजना गरी ७ जना पुरुष रहेका छन् ।