Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आज देशमा स्थानीय र पश्चिमी वायुको सामान्य प्रभाव

आज देशमा स्थानीय र पश्चिमी वायुको सामान्य प्रभाव

  • मंगलवार, चैत्र ३ २०७७

  • 1.3K
    SHARES

  • आज देशमा स्थानीय र पश्चिमी वायुको सामान्य प्रभाव

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।

    महाशाखाका अनुसार आज देशमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

    महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार आज बिहान देशका पहाडी भागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहेको छ ।

    यसैगरी, आज दिउँसोको मौसमको अवस्था पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली हुनसक्ने र बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    भने, देशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    यस्तै, राति देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहने छ ।

    रातिमा देशको पहाडी भूभागको एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।


    मंगलवार, चैत्र ३ २०७७०८:१८:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij