विराटनगर । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । सप्तरी राजविराज नगरपालिका–१ का ७३ वर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
प्रदेश १ मा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो । यससँगै नेपालभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ । बीपी प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार वृद्धलाई बुधबार अस्पताल भर्ना गरिएको थियो ।
मधुमेह, उच्च रक्तचाप र मुटु रोगको उपचारका लागि भर्ना भएका वृद्धको उपचारका क्रममा बुधबार नै स्वाब संकलन गरिएको थियो । बिहीबार कोरोना पोजेटिभ रिपोर्ट आएपछि उनलाई आइसोलेसनमा भर्ना गरिएको थियो ।
आइसोलेसनमा उपचारका क्रममा बिहीबार नै मृत्यु प्रवक्ता सापकोटाले बताउनुभयो ।