काठमाडौं । १० औं नेफ्टा फिल्म अवार्डमा ‘छक्का पञ्जा ३’ले ६ महत्वपूर्ण उपाधि जितेको छ । यस फिल्मले उत्कष्ट चलचित्र, निर्देशक र पटकथासहितका ६ महत्वपूर्ण विधामा जित हासिल गर्दै अवार्डमा वर्चस्व जमाएको हो । वर्ष २०७५ मा प्रदर्शन भएका फिल्मलाई अवार्ड प्रदान गरिएको हो ।

‘छक्का पञ्जा ३’की निर्देशक दीपाश्री निरौलाले सर्वोत्कृष्ट निर्देशकको अवार्ड उचालिन् । यही फिल्मबाट दीपकराज गिरीले सर्वोत्कृष्ट कथा तथा पटकथा विधामा उत्कृष्टताको अवार्ड हात पारे ।

केदार घिमिरे (माग्ने बूढा)ले पनि यही फिल्मबाट हाँस्यकलाकारको अवार्ड जिते । ‘छक्का पन्जा ३’ले तेस्रो सिरिजलाई पपुलर फिल्मको अवार्ड पनि दिइयो ।

बिपिन कार्की चलचित्र ‘प्रसाद’बाट सर्वोत्कृष्ट अभिनेता घोषित भए भने मेनुका प्रधानले साइँलीबाट अभिनेत्री विधामा बाजी मारिन् । साम्राज्ञी शाह र अनमोल केसी क्रमशः पपुलर अभिनेत्री र अभिनेता घोषित भए ।
तस्बिरहरु : दीपाश्रीको फेसबुक ।