Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

अमेरिकामा नेपालीमाथि भएको दुव्र्यवहारमाथि बोले अमेरिकी राष्ट्रपति, भने, 'एसियालीमाथि हिंसा बढ्नु चिन्ताको विषय हो’

अमेरिकामा नेपालीमाथि भएको दुव्र्यवहारमाथि बोले अमेरिकी राष्ट्रपति, भने, 'एसियालीमाथि हिंसा बढ्नु चिन्ताको विषय हो’

  • शनिवार, फाल्गुण २९ २०७७

  • 1.2K
    SHARES

  • अमेरिकामा नेपालीमाथि भएको दुव्र्यवहारमाथि बोले अमेरिकी राष्ट्रपति, भने, 'एसियालीमाथि हिंसा बढ्नु चिन्ताको विषय हो’

    एजेन्सी । गत आइतबार नेपाली मूलका एक उबर चालक शुभाकर खड्कालाई तीन जना महिलाले दूव्र्यवहार गरेको भिडियो भाइरल भएको थियो । त्यसलगतै अमेरिकन एसियन समुदायमाथि आक्रमण बढेपछि चिन्ता व्यक्त भएको थियो ।

    यस विषयमा अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि चिन्ता व्यक्त गरेका छन् । पछिल्लो समय अमेरिकामा आप्रवासीहरुलाई आक्रमण बढे उनको भनाइ छ ।

    एक सार्वजनिक वक्तव्य दिँदै अमेरिकी राष्ट्रपति बाइडेनले एसियन अमेरिकनहरुविरुद्ध आक्रमण, हिंसा, आरोपहरु बढेकामा चिन्ता व्यक्त गरे ।

    biden.jpg

    ‘एसियन अमेरिकनमाथि हिंसा बढेको सूचना आफूले पाएको छु । जातीय रुपमा त्यसो गर्नु अपराध भएको र त्यसलाई तत्काल रोक्नुपर्ने हुन्छ’, उनले भनेका छन्, ‘त्यस्ता गतिविधि नियन्त्रण गर्न मातहत निकायलाई निर्देशन दिन चाहन्छु ।’

    यसअघि पनि नेपाली मुलका फेसन डिजाइनर प्रबल गुरुङसहितले हिंसाविरुद्ध अभियान चलाएका थिए । सन् २०२१ मा एसियाली अमेरिकीमाथि १ सय ५० प्रतिशत्ले आक्रमणका घटनामा वृद्धि भएको जनाइएको छ ।

    जुलाई २०२० मा मात्र २१ सय एसियाली विरोधी आक्रमणका घटना भएका थिए । राष्ट्रपति बाइडेनले महामारीविरुद्ध खटिएका फ्रन्टलाइन वर्कसमाथि हुने घटनाको पनि निन्दा गरेका छन् ।

     


    शनिवार, फाल्गुण २९ २०७७०३:४७:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij