Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

बादलसहित माओवादी केन्द्रबाट आएका २३ जना एमालेको केन्द्रीय सदस्यमा मनोनित

बादलसहित माओवादी केन्द्रबाट आएका २३ जना एमालेको केन्द्रीय सदस्यमा मनोनित

  • शुक्रवार, फाल्गुण २८ २०७७

  • 971
    SHARES

  • बादलसहित माओवादी केन्द्रबाट आएका २३ जना एमालेको केन्द्रीय सदस्यमा मनोनित

    काठमाडौँ- ‍एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीबाट आफूतिर आएका नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन्।

    बुधबार वालुवाटारमा बसेको आफू पक्षीय केन्द्रीय कमिटि बैठकले गृहमन्त्री रामबहादुर थापा बादलसहित माओवादी केन्द्रका आएका २३ जना नेतालाई नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनित गरेको हो।

    बैठकले बादल, ऊर्जा मन्त्री टोपबहादुर रायमाझी, खानेपानी मन्त्री मणि थापा, उद्योग मन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभुसहित २३ जनालाई मनोनित गरिएको नेकपा एमालेका स्थायी कमिटी सदस्यले जानकारी दिए।

    आजको बैठकले एमालेको विदेश विभाग प्रमुखमा राजन भट्टराईलाई नियुक्ति दिएको छ। उक्त विभागमा पहिला माधवकुमार नेपाल थिए। त्यस्तै सुदूरपश्चिम प्रदेश इन्चार्जमा भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ।


    कर्णाली प्रदेश इन्चार्जमा युवराज ज्ञवाली हटाएर यमलाल कँडेललाई तोकिएको छ।

    बागमती प्रदेश इन्चार्चमा नेपाल पक्षकी अष्टलक्ष्मी शाक्यलाई हटाएर ईश्वर पोखरेललाई जिम्मेवारी दिइएको छ भने प्रदेश १ मा भीम आचार्यलाई हटाएर सुवास नेम्वाङलाई जिम्मेवारी दिएको छ।

    बैठकले पार्टीको प्रवक्तामा प्रदीप ज्ञवालीलाई तोकेको छ।

    माओवादी केन्द्रका नेताहरुले आफ्नो सांसद पद गए पनि ओलीलाई साथ दिने बताएपछि ओलीले केन्द्री कमिटीमा मनोनयन गरेका हुन्।

    यस्तै आजको बैठकले एमालेको दशौं महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय गरेको छ।

    नेकपा एमालेले सबै पदाधिकारी हटाएर अध्यक्ष र महासचिव रहेको महाधिवेशन कमिटी बनाएको छ। एमालेको अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा ईश्वर पोखरेल छन्।

    आजको बैठकमा माधव नेपाल पक्षलाई जानकारी गराइएको थिएन।


    शुक्रवार, फाल्गुण २८ २०७७०४:५१:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij