Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपालबाट दक्ष श्रमशक्ति इजरायल पठाउन आवेदन खुला गरिँदै

नेपालबाट दक्ष श्रमशक्ति इजरायल पठाउन आवेदन खुला गरिँदै

  • शुक्रवार, फाल्गुण २८ २०७७

  • 789
    SHARES

  • नेपालबाट दक्ष श्रमशक्ति इजरायल पठाउन आवेदन खुला गरिँदै

    काठमाडौँ । नेपालबाट दक्ष श्रमशक्ति इजरायल पठाउने नेपालको तयारी अन्तिम चरणमा पुगेको छ ।

    गत माघ पहिलो साता नेपाल र इजरायल सरकारबीच कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर भएसँगै श्रमशक्ति पठाउने आन्तरिक कार्यविधि बनाउन थालिएको हो ।

    वैदेशिक रोजगार विभागका अनुसार नेपालबाट इजरायल पठाउने दक्ष जनशक्तिका लागि कार्यविधि बनाउने कार्य अन्तिम चरणमा पुगेको र त्यो बनेपछि छिट्टै आवेदन खुला गरिने छ ।

    विभागका महानिर्देशक कुमारप्रसाद दाहालले श्रमशक्ति पठाउने आन्तरिक कार्यविधि बनाउने कार्य अन्तिम चरण पुगेको र कार्यविधि तयार भएपछि त्यही आधारमा आवेदन माग गरिने जानकारी दिनुभयो ।


    शुक्रवार, फाल्गुण २८ २०७७०६:५८:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij