Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

खोपको दोस्रो खेप दिन सेरमको आनाकानी : ढुवानी सार्न वा सम्झौता रद्द गर्न पत्र

खोपको दोस्रो खेप दिन सेरमको आनाकानी : ढुवानी सार्न वा सम्झौता रद्द गर्न पत्र

  • शुक्रवार, फाल्गुण २८ २०७७

  • 1.1K
    SHARES

  • खोपको दोस्रो खेप दिन सेरमको आनाकानी : ढुवानी सार्न वा सम्झौता रद्द गर्न पत्र

    काठमाडौं । भारतीय खोप निर्माता कम्पनी सेरम इन्स्टिच्युटले नेपालले कोरोनाविरुद्ध खरिद गरेको खोपमध्ये दोस्रो खेप उपलब्ध गराउन आनाकानी गरेको छ ।

    सरकारले सेरमसँग २० लाख कोरोना खोप खरिद गरेको थियो । त्यसमध्ये १० लाख खोप समयमा दिएको सेरमले बाँकी दिन आनाकानी गरेको हो । भारत सरकारको सहयोगकै कारण नेपालमा कोरोना खोप लगाउने वातावरण बनेको थियो ।

    सेरमले मार्च ३ स्वास्थ्य सेवा विभागलाई पत्राचार गर्दै नेपाललाई तत्काल खोप उपलब्ध गराउन नसक्ने जानकारी दिएको छ । सेरमले नेपालसँग भएको खोप खरिद सम्झौता रद्द गर्न अथवा खोप ढुवानीलाई पछि सार्न चाहेको छ ।

    ‘कम्पनीले अपेक्षा गरेभन्दा बढी अन्य देशका सरकारका नयाँ आवश्यकता पूरा गर्न सम्झौता भएको तथा खोप उत्पादन क्षमता विस्तार गर्न नसक्ने पृष्ठभूमिमा नेपालसँग भएको सम्झौता रद्द गर्न चाहेको’ पत्रमा उल्लेख छ । स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले योजनाअनुसार खोप आपूर्ति नभए खोप लगाउने अभियान नै रोक्नुपर्ने स्थिति आउने बताए ।

    सरकारले बुधबारसम्म सेरमबाट उत्पादित १२ लाख ६६ हजार खोप प्रयोग गरिसकेको छ । पहिलो डोज लगाएकाहरुलाई ८ देखि १२ सातामा दोस्रो डोज उपलब्ध गराउने सरकारी तयारी छ । सेरमबाट उत्पादित खोप लगाएका मानिसले अन्य कम्पनीको खोप लगाउन मिल्दैन ।

    यो समाचार आजको नागरिक दैनिकमा छ ।


    शुक्रवार, फाल्गुण २८ २०७७०६:५०:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij