Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

भागरथीको बलात्कार तथा हत्या आरोपी दिनेशलाई सुधारगृह पठाइयो

भागरथीको बलात्कार तथा हत्या आरोपी दिनेशलाई सुधारगृह पठाइयो

  • बिहिवार, फाल्गुण २७ २०७७

  • 1.1K
    SHARES

  • भागरथीको बलात्कार तथा हत्या आरोपी दिनेशलाई सुधारगृह पठाइयो

    काठमाडौं । बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोग लागेका दिनेश भट्टलाई पुर्पक्षका लागि सुधारगृहमा पठाइएको छ ।

    जिल्ला अदालत बैतडीले १६ वर्षका दिनेशलाई पुर्पक्षका लागि सुधारगृहमा राख्न आदेशसँगै उनलाई डोटीको दिपायलमा रहेको सुधारगृहमा पठाइएको हो ।

    सरकारी वकिलको कार्यालयले दीनेशलाई अदालत पेस गरेकोमा अदालतले उनलाई सुधारगृह लैजान आदेश दिएको हो ।

    बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकीमा रहेको सनातन धर्म माविमा कक्षा १२ मा पढ्ने भागरथीलाई त्यसै विद्यालयमा पढ्ने दिनेशले बलात्कारपछि हत्या गरेको अभियोग लागेको छ ।

    भागरथीको शव गएको माघ २३ गते चडेपानीकै खोचलेक–चडेपानी ग्रामीण सडकको लवलेक जङ्गलमा भेटिएको थियो ।


    बिहिवार, फाल्गुण २७ २०७७१२:५६:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij