Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

अमेरिकी राजदूतले नेपालीमा ट्विट गर्दै यसरी सम्झिए शिवरात्रि, तस्बिरबारे गरे यस्तो खुलासा !

अमेरिकी राजदूतले नेपालीमा ट्विट गर्दै यसरी सम्झिए शिवरात्रि, तस्बिरबारे गरे यस्तो खुलासा !

  • बिहिवार, फाल्गुण २७ २०७७

  • 1.3K
    SHARES

  • अमेरिकी राजदूतले नेपालीमा ट्विट गर्दै यसरी सम्झिए शिवरात्रि, तस्बिरबारे गरे यस्तो खुलासा !

    काठमाडौं । नेपालका लागि अमेरिकाका राजदूत र्‍यान्डी बेरीले नेपालीहरुको पर्व शिवरात्रिको अवसरमा शुभकामना दिएका छन् । केही घण्टाअघि ट्विट गर्दै उनले आफूले ६ वटा शिवरात्रिको अनुभव गर्ने अवसर पाएको बताएका छन् ।

    राजदूत बेरीले ६ वटा शिवरात्रि मनाउँने क्रममा खिचिएका मध्ये सबैभन्दा मनपर्ने तस्बिर पोस्टसमेत गरेका छन् । त्यो तस्बिर १३ वर्षअघि खिचिएको उनले बताएका छन् । तस्बिरमा उनी दुईजना जोशीका बीचमा प्रफुल्ल मुद्रामा देखिएका छन् ।

    ‘महाशिवरात्रीको शुभकामना । मैले नेपालमा झन्डै ६ वटा शिवरात्रीको धुमधाम अनुभव गर्ने अवसर पाएको छु’, उनले नेपाली भाषामै ट्विट गर्दै उनले लेखेका छन्, ‘र, तीमध्ये मलाई सबैभन्दा मनपर्ने यो तस्बिर चाहिँ १३ बर्षअघिको हो । तपाईँहरू सबैको दिन शुभ रहोस् । ह्याप्पी महाशिवरात्रि -२०२१ !'

    राजदूत बेरी प्रायः नेपालमा मनाउने सबै पर्वका अवसरमा शुभकामना दिने गर्छन् । यस्ता अवसरमा उनले नेपालीमै ट्विट गर्ने गरेका छन् ।

    Capture.PNG


    बिहिवार, फाल्गुण २७ २०७७११:५९:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij