काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू–भागका केही स्थानहरुमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो देशका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली भई बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ ।
अपरान्ह पश्चात पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।
भोली प्रदेश २ मा आंशिक बदली रहि बाकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहने छ । देशको पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।