Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

‘ओलीजीसँग मेरो व्यक्तिगत नभई राजनीतिक मतभेद मात्र हो’ : रावल

‘ओलीजीसँग मेरो व्यक्तिगत नभई राजनीतिक मतभेद मात्र हो’ : रावल

'माओवादी केन्द्रसँग फेरि पार्टी एकता गर्न भूमिका खेल्छु'
  • मंगलवार, फाल्गुण २५ २०७७

  • 2.4K
    SHARES

  • ‘ओलीजीसँग मेरो व्यक्तिगत नभई राजनीतिक मतभेद मात्र हो’ : रावल

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो व्यक्तिगत नभई राजनीतिक मतभेद रहेको बताउनुभएको छ ।

    उहाँले प्रधानमन्त्री ओलीले गरेका असंवैधानिक निर्णयको आफुले विरोध गरेको बताउँदै सर्वोच्च अदालतले पूर्व एमालेलाई यथावत राख्ने निर्णय गरेकाले ओली आफ्नो पार्टीको अध्यक्ष रहेको स्पष्ट पार्नुभयो ।

    नेपाली रेडियो नेटर्वकको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रावलले भन्नुभयोे,“सर्वोच्च अदालतले नै पूर्व एमालेलाई यथावत राखेपछि हामी पनि यथावत पदमा फर्केका छौँ, पार्टीको नवौं महाधिवेशनबाट ओली जी अध्यक्ष चयन हुनुभएको हो, म उपाध्यक्ष त्यसैले अब हामी देशकको हितमा काम गर्न एकजुट भएर काम गछौँ ।”

    ओली नै प्रधानमन्त्री रहने कि नरहने भन्नेबारे निर्णय पार्टीले लिने उहाँले बताउनुभएको छ । नेकपा एमाले र नेकपा माओवादी आगामी दिनमा पनि देशको हितमा एकजुट भएर अघि बढ्ने उहाँले उल्लेख गर्नुभयो ।

    नेता रावलले भविष्यमा सकेसम्म माओवादी केन्द्रसँग पार्टी एकता गर्ने भएन भने पनि सहकार्य भने यथावत राख्ने दावी गर्नुभयो ।


    मंगलवार, फाल्गुण २५ २०७७०७:१९:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij