Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

कोभ्याक्समार्फतको तीन लाख ४८ हजार खोप आज नेपाल पुग्दैँ

कोभ्याक्समार्फतको तीन लाख ४८ हजार खोप आज नेपाल पुग्दैँ

कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान आजदेखि, १६ हजार ज्येष्ठ नागरिकलाई खोप लगाउने लक्ष्य
  • आइतवार, फाल्गुण २३ २०७७

  • 608
    SHARES

  • कोभ्याक्समार्फतको तीन लाख ४८ हजार खोप आज नेपाल पुग्दैँ

    काठमाडौं । कोभ्याक्स संयन्त्रबाट प्राप्त हुने तीन लाख ४८ हजार खोप आज नेपाल आउने भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका स्वास्थ्य सचिव लक्ष्मण अर्यालका अनुसार सरकारले कोभ्याक्स संयन्त्रमार्फत एक करोड ३० लाख खोप ल्याउने तयारी गरेको छ ।

    दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनमा कोभ्याक्समार्फत बर्मा, श्रीलङ्का र नेपालले मात्र खोप पाउने भएका छन् ।

    यस्तै, सचिव अर्यालले भारतको सेरम इन्स्टिच्युट कम्पनीसँग खरीद गरेको खोप पनि एक हप्ताभित्र आउने बताउनुभएको छ ।

    सरकारले आजदेखि दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप लगाउन थालेको छ ।

    आजै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउनु हुने भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीका अनुसार प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा बिहान १० बजे खोप लगाउने कार्यक्रम रहेको छ ।

    २० दिनसम्म चल्ने खोप अभियानमा १६ हजार ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिँदै छ ।

    सचिव अर्यालले आजदेखि शुरु हुने खोप १५ हिमाली जिल्लाका ५५ वर्षभन्दा माथि र बाँकी अन्य जिल्लाका ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई लगाइने बताउनुभयो ।

    करीब ६ हजार खोप केन्द्रबाट प्रत्येक दिन दुई लाखका दरले खोप प्रदान गरिने उहाँको भनाइ छ । उहाँले असार १५ गतेसम्म ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई पहिलो र दोस्रो मात्राको खोप लगाइसक्ने तयारी रहेको समेत जानकारी दिनुभयो ।

    मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना भाइरसले आक्रमण नगर्ने भएकाले सबैलाई खोप लगाउन आग्रह गर्नुभएको छ । यसअघि पहिलो चरणको खोप अभियानअन्तर्गत चार लाख २९ हजारले खोप लगाएका थिए । पहिलो चरण गत माघ १४ देखि फागुन १० गतेसम्म सञ्चालन भएको थियो ।

    मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ विरुद्धको खोप सबै जनताको पहुँचमा पु–याउने प्रयास भइरहेको बताउनुभएको छ ।

    सरकारले कूल जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप उपलब्ध गराउने लक्ष्य लिएको छ । पहिलो चरणअन्तर्गत १.४ प्रतिशतलाई खोप प्रदान गरेको छ । मन्त्री त्रिपाठीले भारतमा उत्पादन भएको कोभिशिल्ड खोपको ५० लाख मात्रा किन्ने प्रक्रियासमेत शुरु भइसकेको जानकारी दिनुभयो ।

    यसअघि सरकारले भारत सरकारको अनुदानमा १० लाख मात्रा खोप र खरीद गरेको १० लाख मात्रा खोप आइसकेको छ भने १० लाख मात्रा खोप भारतबाट आउने प्रक्रियामा रहेको छ ।


    आइतवार, फाल्गुण २३ २०७७०८:१२:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij