Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

साहित्यकार रेग्मीको ‘अमरपात्र’ र ‘अर्पण’को विमोचन, शर्मा र प्रधानाङ्ग सम्मानित

साहित्यकार रेग्मीको ‘अमरपात्र’ र ‘अर्पण’को विमोचन, शर्मा र प्रधानाङ्ग सम्मानित

  • आइतवार, फाल्गुण २३ २०७७

  • 2.1K
    SHARES

  • साहित्यकार रेग्मीको ‘अमरपात्र’ र ‘अर्पण’को विमोचन, शर्मा र प्रधानाङ्ग सम्मानित

    काठमाडौँ । पाल्पा बस्दै आउनु भएका साहित्यकार पुष्कर अथक रेग्मीको कृतिहरू अमर पात्र र अर्पणको काठमाडौमा विमोचन गरिएको छ ।

    मन्त्रीपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीबाट रेग्मीका कृतिहरू विमोचना गरिएको हो भने बरिष्ठ साहित्यकारद्धय प्राध्यापक गोपीकृष्ण शर्मा र प्रकाश प्रधानाङ्गलाई सम्मान गरिएको हो।

    कृतिको विमोचन तथा सम्मान कार्यक्रममा मन्त्रीपरिषद्का पूर्व अध्यक्ष रेग्मीले नाटक सङग्रहणीय र पाल्पाको इतिहास बोकेको कृति भएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “साहित्य समाजको तस्वीर हो, यो कृतिले पाल्पाको ऐतिहासिकता र नेपालकै गौरव समेत झल्काएको छ, यस्ता कार्यलाई प्रोत्साहन गर्ने पाल्पा साहित्य समाज र पाल्पाली संगम पनि धन्यवादका पात्र हुन ।”

    विमोचित कृति अमरपात्र पाल्पाका मणिमुकुन्द सेन, कर्णेल उजिरसिंह थापा, काजी अमरसिँह थापा र राजा पृथ्वीपाल सेनकालीन अवस्थाको नाटक संग्रहित छ । अर्पणमा भने साहित्यकार शुभ श्रेष्ठको जीवनी रहेको छ ।

    कार्यक्रममा पाल्पाली संगमका अध्यक्ष पदम न्यौपानेले पाल्पाली संगमले काठमाडौमा रहेका र विदेशमा रहेका पाल्पालीहरुलाई जोडेर पाल्पा र पाल्पालीका लागि योगदान दिलाउने प्रयास गरिरहेको जानकारी दिनुभयो ।

    सहित्यकार समेत रहनु भएका बरिष्ठ मुटु रोग विषेशज्ञ डा. प्रकाशराज रेग्मीले स्वास्थ्य सचेतना दिने सहित्य रचना गर्न आग्रह गर्दै त्यस्ता रचनाको प्रकाशन आफुले गरिदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    कार्यक्रममा सर्जुमान लिगल, गोपिकृष्ण शर्मा, विनोद नेपाल लगायतले पाल्पा र यस क्षेत्रको इतिहासलाई सार्थकता प्रदान गर्न कृतिले ठूलो सहयोग गर्ने बताउदै पाल्पाको साहित्यलाई प्रचारप्रसारमा ल्याउने तथा पुराना साहित्यकारहरूलाई सम्मान गर्ने कार्य प्रशंसनीय रहेको धारणा राख्नु भएको थियो ।

    पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र गोपाल सिंहको सभापतित्व र पाल्पाली संगमकी सहित्य विभाग संयोजक सिता विष्ट कार्कीको संचालनमा भएको कार्यक्रममा संगमका सचिव जीवन भण्डारीले स्वागत गर्नु भएको थियो ।


    आइतवार, फाल्गुण २३ २०७७०७:३५:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij