काठमाडौँ । रुपन्देहीको देवदह नरपालिकाका प्रमुख हिराबहादुर केसीले प्रदेश सरकारबारे अहिले नै निक्र्योल गर्ने बेला नभएको बताउनुभएको छ । अहिले नै प्रदेश सरकारमाथि प्रश्न उठाउँदा व्यवस्था नै धरापमा पर्ने उहाँको भनाइ छ ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘स्थानीय सरकार’ नगर प्रमुख केसीले भन्नुभयो, ‘प्रदेश सरकारको बिषयमा अहिले नै पूर्ण विचार गर्ने बेला भएको छैन भन्ने मलाई लाग्छ । अहिले हामीले यसबारे सोच्न थाल्यौँ भने व्यवस्था नै रहने कि नरहे भन्ने हुन्छ ।’
उहाँले तीन तहका सरकारबीच एकअर्कामा विश्वास नहुँदा थप समस्या भएको उहाँले बताउनुभयो । संघले प्रदेश सरकारलाई विश्वास नगर्ने र प्रदेशले स्थानीय सरकारले काम गर्न सक्दैन, क्षमता नै छैन भनेर विश्वास नगर्दा समस्या सिर्जना भएको नगर प्रमुख केसीको भनाइ छ ।
साथै उहाँले आफूहरु निर्वाचित भएर आएपछि नगरपालिकामा स्वास्थ्य, शिक्षा, विद्युत, पर्यटनलगायतका हरेक क्षेत्रमा परिवर्तन आएको दाबी गर्नुभयो ।
नगर प्रमुख केसीसँग गरिएको कुराकानी सुन्नुहोस्