Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

लोक तथा दोहोरीगीत प्रतिष्ठानले कलाकारका लागि निःशुल्क स्वास्थ्य परीक्षण गराउने

लोक तथा दोहोरीगीत प्रतिष्ठानले कलाकारका लागि निःशुल्क स्वास्थ्य परीक्षण गराउने

  • शनिवार, फाल्गुण २२ २०७७

  • 1.3K
    SHARES

  • लोक तथा दोहोरीगीत प्रतिष्ठानले कलाकारका लागि निःशुल्क स्वास्थ्य परीक्षण गराउने

    काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले कलाकारहरुका लागि निःशुल्क स्वास्थ्य परीक्षण गर्न लागेको छ ।

    आफ्नो स्थापना दिवस तथा लोकदोहारी दिवस –०७७ का अवसरमा आगामी फागुन २९ गते हुने एकदिने निःशुल्क स्वास्थ्य शिविरमा नाक, कान, घाँटी, आँखा र दाँतसम्बन्धि परीक्षण गरिने प्रतिष्ठानले जनाएको छ । ‘स्वस्थ जीवनका लागि स्वस्थ संगीत’ नारा दिइएको उक्त कार्यक्रममा रक्तदानसमेत गरिने प्रतिष्ठानले जानकारी दिएको छ ।

    स्वास्थ्य परीक्षण कार्यक्रम काठमाडौंको टोखा –७ स्थित धापासीमा रहेको प्रतिष्ठानको कार्यालयमा हुनेछ । सम्बन्धित विशेषज्ञ चिकित्सकहरुद्वारा सम्पूर्ण कलाकारका लागि स्वास्थ्य परीक्षण गरिने प्रतिष्ठानले जनाएको छ । कार्यक्रम बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने बताइएको छ ।

    157115847_1991297631008191_5722241857816356113_n.jpg


    शनिवार, फाल्गुण २२ २०७७०१:४१:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij