Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

‘अब ओलीलाई बिदा गर्नेतर्फ कांग्रेस लाग्नुपर्छ’

‘अब ओलीलाई बिदा गर्नेतर्फ कांग्रेस लाग्नुपर्छ’

  • बिहिवार, फाल्गुण २० २०७७

  • 1.2K
    SHARES

  • ‘अब ओलीलाई बिदा गर्नेतर्फ कांग्रेस लाग्नुपर्छ’

    काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिदा गर्नेतर्फ पार्टी लाग्नुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन सर्लाहीले आज गरेको पत्रकार सम्मेलनमा सांसदसमेत रहेका नेता थापाले यस्तो बताउनुभएको हो ।

    ‘पहिले सरकारमा जाने–नजाने भन्दा पनि सरकार कसरी हटाउने भन्नेमा अब काँग्रेसले ध्यान दिनुपर्छ’, उहाँले भन्नुभयो ।

    ओलीलाई विदा गर्न कांग्रेसका नेता–कार्यकर्ताले अरूको मुख ताक्नुभन्दा आफैँले भए पनि अविश्वासको प्रस्ताव ल्याउन अग्रसर हुनुपर्ने उहाँको भनाइ छ ।

    यसैबीच, आजै कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्व पदाधिकारीलाई छलफलका लागि बोलाउनुभएको छ ।

    संसद्मा पार्टीले निर्वाह गर्ने भूमिकाबारे धारणा बनाउन अहिले केहिछिनपछि बूढानीलकण्ठस्थित निवासमा बैठक बोलाइएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभएको छ ।

    पार्टी पदाधिकारी तथा शीर्षस्थ नेताहरुबीच छलफल गरेर शुक्रबारको संसदीय दलको बैठकबाट संसद्मा पार्टीको भूमिकाबारे नीति तय गर्ने बुझिएको छ ।

    सरकारमा सहभागिताबारे पार्टीमा दुई मत बाहिर आएपछि देउवाले संसद् पुनःस्थापनापछि दोस्रो पटक पदाधिकारी बैठक बोलाएर छलफल गर्दै हुनुहुन्छ ।

    देउवाले पदाधिकारी, संसदीय दल र पार्टी केन्द्रीय कार्यसमितिको छलफलबाट ठोस नीति अख्तियार गर्ने तयारी थाल्नुभएको छ । शनिबारका लागि केन्द्रीय समिति बैठक बोलाउने देउवाको तयारी छ ।

     


    बिहिवार, फाल्गुण २० २०७७०३:४९:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij