Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

प्रचण्ड र माधव निर्वाचन आयोग जाँदै, ओलीनिकट बस्नेतले भेटे प्रमुख निर्वाचन आयुक्त

प्रचण्ड र माधव निर्वाचन आयोग जाँदै, ओलीनिकट बस्नेतले भेटे प्रमुख निर्वाचन आयुक्त

  • बिहिवार, फाल्गुण २० २०७७

  • 1.5K
    SHARES

  • प्रचण्ड र माधव निर्वाचन आयोग जाँदै, ओलीनिकट बस्नेतले भेटे प्रमुख निर्वाचन आयुक्त

    काठमाडौं । नेकपाको प्रचण्ड–माधव समूह फेरि निर्वाचन आयोग जाने भएको छ । आयोग जाने तयारी पेरिसडाँडामा भइरहेको यो समूहनिकट स्रोतले जनाएको छ ।

    नेकपा विवादबारे कुनै निर्णय नगरिएपछि प्रचण्ड–माधव समूले आयोग जाने तयारी भएको हो । यो समूहले बुधबार मात्रै केन्द्रीय सदस्यहरुको तीनपानेमा हस्ताक्षर संकलन गरेको थियो । हस्ताक्षर पत्र, नागरिकताको प्रतिलिपि र पार्टी परिचयपत्र संकलन गरेको यो समूह आयोगमा जान लागेको हो ।

    अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहित राजधानीमा उपलब्ध केन्द्रीय सदस्य र सांसदहरु आयोगमा जाने तयारी भएको हो । यो समूहले गत २० माघमा पनि वैधानिकता दाबीपत्र बुझाएको थियो । तर, आयोगले यसबारे कुनै निर्णय गरेको छैन । ११ माघमा पार्टी विभाजनलाई मान्यता नदिनेबाहेक थप निर्णय आयोगले नगरेपछि प्रचण्ड–माधव समूह असन्तुष्ट छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा संसद् विघटन गरेपछि नेकपा व्यावहारिक र राजनैतिक रुपमा विभाजित भएको छ । तर, आयोगले भने ५ पुसभन्दा पछाडि गरिएको दाबीलाई मान्यता नदिने निर्णय गरेको छ ।

    यसैबीच, नेकपाको ओली समूहका नेता महेश बस्नेतले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग भेट गर्नुभएको छ ।

    shraddha_kapoor_rohan_shrestha_7.jpg

    नेकपाको आधिकारिकता विवादमा आयुक्तहरु छलफलमा जुटेका बेला आज नेता बस्नेत आयोग कार्यालय पुग्नुभएको हो ।

     


    बिहिवार, फाल्गुण २० २०७७०२:०७:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij