Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

औषधि व्यवसायी आन्दोलित

औषधि व्यवसायी आन्दोलित

  • बुधवार, आषाढ ३१ २०७७

  • 1.1K
    SHARES

  • औषधि व्यवसायी आन्दोलित

    काठमाडौं । विभिन्न माग राख्दै औषधि व्यवसायीहरुले आज पनि आन्दोलन गरेका छन् । नेपालमा उत्पादन हुने औषधिहरुको आयातमा रोक लगाउनुपर्ने, स्थानीय औषधि उद्योगलाई प्रोत्साहन गर्नुपर्ने माग राख्दै व्यवसायीहरु आन्दोलनमा उत्रेका हुन् ।

    आफूहरुसँग सरकारले पटक पटक सम्झौता गरे पनि कार्यान्वयन नभएको व्यवसायीहरुको गुनासो छ । औषधिजन्य वस्तुको दर्ता र गुणस्तरमा सम्झौता गर्न नहुने, गुणस्तरहिन औषधि आयात र बिक्री वितरणमा प्रतिवन्ध लगाउनुपर्ने माग राख्दै व्यवसायीहरुले आन्दोलन सुरु गरेका हुन् ।

    नाकाबन्दी र भूकम्पको समयमा समेत औषधि अभाव हुन नदिएको स्मरण गर्दै औषधि उत्पादक संघका पूर्वअध्यक्ष उमेशलाल श्रेष्ठले औषधि उद्योगमाथि सरकारले कुदृष्टि परेको बताउनुभयो ।

    असार २२ गते सेनिटाइजर दर्ताको म्याद तीन महिना थप्ने निर्णय गरेसँगै औषधि उत्पादक संघको आपत्ति छ । नेपालमा अहिले पनि सेनिटाइजरको गुणस्तरिय र व्यवस्थित रुपले उत्पादन भइरहेको उहाँले बताउनुभयो ।


    बुधवार, आषाढ ३१ २०७७०४:२५:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij