काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला हुनसक्ने बताउनुभएको छ । नेकपाको ओली समूहका अध्यक्षसमेत रहेका ओलीले अहिले आफूहरुमाथि सम्पूर्ण रुपले प्रहार भइरहेको आरोप लगाउनुभयो ।
‘सम्पूर्ण रुपले ममाथि प्रहार भएको छ, अत्यन्तै तीव्र रुपमा भएको छ’, पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आज पोखरामा सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘शारीरिक हमला नै भयो र ज्यान तल–माथि भयो भने पनि अनौठो नमान्नुहोला ।’
अब हेर्नुहोस् कार्यक्रमको प्रत्यक्ष प्रशारण :