काठमाडौं । प्रचण्ड–माधव समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी र केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ ।
आज बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको सचिवालयको बैठकले स्थायी र केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको हो ।
प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार स्थायी र केन्द्रीय समितिको बैठक बोलाउने निर्णय भए पनि मिति भने तोकिएको छैन ।
त्यस्तै बैठकमा पार्टीको आधिकारिकताको विवाद छिटो टुंगो लगाउन निर्वाचन आयोगसँग आग्रह गर्ने विषयमा पनि छलफल भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभएको छ ।
‘निर्वाचन आयोगलाई पार्टीको आधिकारिता छिटो टुंगाउन आग्रह गर्ने कुरा भएको छ’, उहाँले भन्नुभयो ।