Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

केपी ओलीलाई बहुमतले हटाउँछौँः भीम रावल

केपी ओलीलाई बहुमतले हटाउँछौँः भीम रावल

  • आइतवार, फाल्गुण १६ २०७७

  • 995
    SHARES

  • केपी ओलीलाई बहुमतले हटाउँछौँः भीम रावल

    काठमाडौँ – नेकपा प्रचण्ड–माधव समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको ह्वीप नमान्ने कुनै पनि सांसदलाई प्रधानमन्त्री ओलीले हटाउन नसक्ने बताउनुभएको छ।

    आइतबार काठमाडौँमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा नेता रावलले ह्वीप नमान्ने समानुपातिक सांसदलाई प्रधानमन्त्री ओलीले हटाउने कुरा झूट र भ्रमपूर्ण रहेको बताउनुभयो।

    नेकपा ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले पार्टीको ह्विप नमान्नेलाई कारबाही गरिने बताउनुभएको थियो।

    संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री ओलीले लगाएको ह्वीप मान्नु नपर्ने पनि रावलले बताउनुभयो।

    त्यसरी निकाल्न केन्द्रीय कमिटीले अनुमोदन गर्नुपर्ने र केन्द्रीय कमिटीमा आफूहरुको बहुमत रहेको उहाँको भनाइ छ।

    बहुमत केन्द्रीय कमिटीको बैठक गरेर प्रधानमन्त्री ओलीलाई कारबाही गर्ने पनि उहाँले बताउनुभयो।

    पार्टीको विधान, लोकतन्त्रको मान्यता र सिद्धान्त अनुसार पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्ष स्वतःआधिकारिक पार्टी रहेको उहाँको भनाइ छ। निर्वाचन आयोगले निर्देशन गरे नागरिकताको प्रमाणपत्रसहित उपस्थित भएर बहुमत सिद्ध गर्ने उहाँले बताउनुभयो ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विधान, नेकपाको संसदीय दलको विधान, नेपालको कानुन र सर्वोच्च अदालतको निर्णयबाट प्रधानमन्त्री ओलीको कदम अनैतिक र असंवैधानिक रहेको भन्दै ओलीको राजनीति पुनः सोही दल र हैसियतबाट नटिक्ने उहाँले बताउनुभयो।


    आइतवार, फाल्गुण १६ २०७७०५:४८:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij