काठमाडौं । शुक्रबार आज प्रदेश नं १ का पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाग्मती तथा गण्डकी प्रदेशका पहाडी भू–भागहरुमा आंशिक बदली रहेको छ ।
अन्य भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका थोरै भू–भागहरूमा हुस्सु र कुहिरो लागेको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ।
शुक्रबार (आज) प्रदेश नं १, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ ।
प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
प्रदेश नं १, बाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरूमा हल्का हिमपातको संभावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार(भोली) देशका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ ।
पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरूमा हल्का हिमपातको संभावना रहेको छ ।