Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

विश्वभर एकै दिन थपिए २ लाख १६ हजार कोरोना संक्रमित

विश्वभर एकै दिन थपिए २ लाख १६ हजार कोरोना संक्रमित

  • बुधवार, आषाढ ३१ २०७७

  • 1.2K
    SHARES

  • विश्वभर एकै दिन थपिए २ लाख १६ हजार कोरोना संक्रमित

    विश्वभर एकै दिन २ लाख १६ हजारभन्दा बढी कोरोना सिंक्रमित थपिएका छन् । योसँगै विश्वमा संक्रमितको कूल संख्या १ करोड ३४ लाख ५४ हजार ४४९ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ५ हजार ३४६ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ५ लाख ८१ हजार ११८ पुगेको छ । एकै दिन १ लाख ५० हजारभन्दा बढी कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् ।

    यसैबीच, भारतले कोरोना भाइरसविरुद्धको खोप मानिसमा परीक्षण गर्ने तयारी गरेको छ । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चका डायरेक्टर जनरल बलराम भार्गवले दुई वटा खोप मानिसमा परीक्षणको तयारी भएको बताएका छन् ।

    उता, अमेरिकामा बसेर अनलाइन शिक्षा प्राप्त गरिरहेका अन्तर्राष्ट्रिय विद्यार्थीलाई फिर्ता पठाउने निर्णय रद्द गरिएको छ । गत हप्ता ट्रम्प प्रशासनले विदेशी विद्यार्थीको पाठ्यक्रमको सबै कक्षा अनलाइनबाट सञ्चालित भइरहेका सबैलाई अमेरिकाबाट फिर्ता पठाइने घोषणा गरिएको थियो ।

    अब ट्रम्प प्रशासन आफ्नो यो निर्णयबाट फिर्ता भएको छ । सरकारका यो योजना विरुद्ध म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी र हार्वर्ड युनिभर्सिटी अदालत गएका थिए ।


    बुधवार, आषाढ ३१ २०७७०१:२७:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij