Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रचण्ड–माधव समूह र जसपाबीचको छलफलमा के भयो ?

प्रचण्ड–माधव समूह र जसपाबीचको छलफलमा के भयो ?

  • बिहिवार, फाल्गुण १३ २०७७

  • 1.0K
    SHARES

  • प्रचण्ड–माधव समूह र जसपाबीचको छलफलमा के भयो ?

    काठमाडौं । नेकपाको प्रचण्ड–माधव समूहले सरकार निर्माणका बारेमा जनता समाजवादी पार्टी (जसपा)सँग छलफल गरेको छ ।

    आज बिहान नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रचण्ड–माधव समूहका अध्यक्षद्वयले जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठसँग छलफल गरेको स्रोतले जनाएको छ । छलफल सकारात्मक भएको र छलफललाई निरन्तरता दिने सहमति भएको छ ।

    छलफलमा जसपा नेपालका नेताहरुले सरकारमा सहभागी हुनका लागि केही सर्त अगाडि सारेका छन् ।

    जसपाका नेताहरुले संविधान संशोधन, रेशम चौधरीलगायतका नेता कार्यकर्ताको रिहाइ भएपछि मात्र सरकारमा सहभागी हुनका लागि छलफल गर्न सकिने धारणा राखेको स्रोतले जनाएको छ ।

    विगतमा पनि सहकार्यको नाममा उधारो सहमति गरेर सरकारमा सहभागी गराइएको तर ती सम्झौताहरु कुनै कार्यान्वयन नभएको गुनासो उनीहरुको रहेको स्रोत जनाएको छ ।

     


    बिहिवार, फाल्गुण १३ २०७७०१:१८:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij