चितवनको माडीका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । माडीको वडा नम्बर १, ७ र ८ का १९ देखि ३६ वर्ष सम्मका पुरुषहरुमा संक्रमण पुष्टि भएको हो । उनीहरु सबै क्वारेन्टिनका हुन् ।
त्यस्तै, भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणका क्रममा नवलपुरको कावासोती ५ र ८ का दुई जना र वुलिङटार ३ र ४ का ९ जनामा संक्रमण पुष्टि भएको छ । ३०८ वटा नमूना परीक्षण गर्दा २८९ जनाको रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाले जनाएको छ ।
यस्तै, पूर्वी नवलपरासीमा साउदी अरव र कुवेतबाट आएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मध्यविन्दु नगरपालिका स्वास्थ्य शाखाका अनुसार नगरको वडा नम्वर ५ का २४ वर्षीय पुरुष र वडा नम्वर ७ का ४१ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
मध्यविन्दु नगर स्वास्थ्य शाखा प्रमुख माधव प्रसाद पोखरेलका अनुसार जनश्वास्थ्य प्रयोगशाला बाग्मती प्रदेश हेटौडाले मंगलबार साझ दिएको नतिजामा २ जनामा कोभिड १९ पुष्टि भएको उल्लेख गरिएको छ ।
स्थानीय विन्देश्वरी आधारभूत विद्यालय र नवजागरण बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका दुवै जनाको स्वाव यही असार २८ गते संकलन गरि परीक्षणका लागि पठाइएको थियो ।