Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

यस्तो छ प्रचण्ड र माधव देउवालाई भेट्न बूढानिलकण्ठ जानुको कारण

यस्तो छ प्रचण्ड र माधव देउवालाई भेट्न बूढानिलकण्ठ जानुको कारण

  • बुधवार, फाल्गुण १२ २०७७

  • 1.2K
    SHARES

  • यस्तो छ प्रचण्ड र माधव देउवालाई भेट्न बूढानिलकण्ठ जानुको कारण

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न प्रचण्ड–माधव समूह नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल बूढानिलकण्ठ जानुहुने भएको छ । प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्चको निर्णय भएसँगै प्रचण्ड–माधव पक्षका दुई अध्यक्ष देउवा भेट्न जान लाग्नुभएको हो ।

    चितवनबाट बिहान विमानमा काठमाडौं आउनु भएका प्रचण्ड र नेपालले देउवासँग विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्ने तयारी गर्नुभएको स्रोतले बताएको छ ।

    देउवानिकट स्रोतका अनुसार अध्यक्षद्वयले भेट्न समय लिएको र केहीबेरमा भेट्ने कार्यक्रम छ ।

    संसद् पुनस्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि मंगलबार कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रचण्डले बधाई साटासाट गर्नुभएको थियो । प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै आन्दोलन गरिरहेको नेकपाको प्रचण्ड माधव समूहले आज देशभरी खुशीयाली जुलुश निकालिरहेको छ ।

    यसैबीच, शीर्ष नेतासहितको कांग्रेस पदाधिकारी बैठक बस्ने तयारीमा छ । पदाधिकारी बैठकपछि केन्द्रीय समिति बैठक बस्ने र पार्टीको आगामी रणनीतिबारे निर्णय गर्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभएको छ ।

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को माधव–प्रचण्ड पक्षले आज संसदीय दलको बैठक बोलाएको छ । दिउँसो ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा संसदीय दलको बैठक बोलाएको हो ।

     


    बुधवार, फाल्गुण १२ २०७७०१:१२:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij