Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

दुई, पाँच र सुदुरपश्चिम प्रदेशमा ७२ प्रतिशत कोरोनाका संक्रमित

दुई, पाँच र सुदुरपश्चिम प्रदेशमा ७२ प्रतिशत कोरोनाका संक्रमित

  • बुधवार, आषाढ ३१ २०७७

  • 921
    SHARES

  • दुई, पाँच र सुदुरपश्चिम प्रदेशमा ७२ प्रतिशत कोरोनाका संक्रमित

    काठमाडौँ । नेपालमा कोभिड–१९ ले सबैभन्दा बढी प्रदेश २, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा गरी कुल संक्रमितको ७२ प्रतिशत संख्या रहेको छ । आजसम्ममा २ लाख ९३ हजार ७३९ जनामा पीसीआर परीक्षण गरिएको छ । १७ हजार ६१ जना संक्रमित पुष्टि भएको छ ।

    प्रदेश २, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशमा गरी कुल सक्रमित १२ हजार ४४० छन् । जुन नेपालको कुल सक्रमितको ७२ प्रतिशत हुन हो । राजधानी काठमाडौं समेत रहेको वाग्मती प्रदेशमा भने पछिल्लो दुई सातामा करिब चार सय जना नयाँ संक्रमित थपिएका छन् । दुई साताभित्र वाग्मतीमा थपिएका संक्रमित मध्ये करिब आधा काठमाडौं उपत्यकाका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अद्यावधिक तथ्याङ्क बमोजिम प्रदेश २, प्रदेश ५ र सुदुरपश्चिमसबैभन्दा बढी कोभिड–१९ ले प्रभाबित प्रदेश हुन । सङ्क्रमित संख्याको आधारमा कोभिड–१९ लेसबैभन्दा बढी प्रदेश नं २ प्रभाबित छन् । तर सुदुरपश्चिम प्रदेशमा सक्रिय सङ्क्रमितको संख्या सबैभन्दा बढी छ ।

    प्रदेश २ मा चार हजार ३९२ जना सङ्क्रमित रहेकोमा दुई हजार ४८१ जना निको भई घर फर्केका छन् । सक्रिय बिरामी एक हजार ९११ जना आइसोलेशनमा छन् । अझै प्रदेश २ को रौतहट र महोत्तरीमा सक्रिय बिरामीको संख्या पाँच पाँच सय छन् ।
    भारतीय सीमासँग जोडिएको तीनै प्रदेशमा नयाँ सङ्क्रमित थपिनेको संख्या घटेको छैन् । भारतसहित तेस्रो देशबाट फर्किनेको संख्या वृद्धि हुँदा कोरोना सङ्क्रमित हुनेको संख्या पनि बढ्दो क्रममा छन् ।

    काँकडभिट्टा र जोगबनी जस्ता ठूला भारतीय सीमासँग जोडिएपनि प्रदेश १ मा सातै प्रदेशमध्ये सबैभन्दा कम सङ्क्रमितको पहिचान गरिएको छ । प्रदेश १ मा ७७५ जना सङ्क्रमित पुष्टि भएकोमा ६०४ जना निको भई घर फर्किसकेका छन् । आइसोलेशनमा मात्रै १७१ जना छन् ।

    प्रदेश २ मा सङ्कलन गरिएको नमूनाको परीक्षण जनस्वास्थ्य प्रयोगशाला टेकु अतिरिक्त राजबिराज, जनकपुरधाम र बिरगंजमा हुँदै आएको छ । तीनवटै प्रयोगशालाले हालसम्म १६ हजार ५७९ नमूना परीक्षण गरेको छ ।नमूना परीक्षण गरिएकाको करिब २५ प्रतिशत सङ्क्रमण दर पाइएको छ ।

    सुदुरपश्चिम प्रदेशमा तीन हजार ९५६ जना सङ्क्रमित भएका छन् । दुई हजार ५३८ जनामा भाइरसको सङ्क्रमण हाल सक्रिय छ । एक हजार ४१८ जना निको भएर घर फर्केका छन् । प्रदेश ५ मा सङ्क्रमित पुष्टि भएका चार हजार ९२ छन् । सङ्क्रमण सक्रिय भएको ७५६ जना मात्रै आइसोलेशनमा छन् ।

    सुरुमा कोरोना सङ्क्रमित हुने एक्कासि बढेको कर्णाली प्रदेशमा भने पछिल्ला दिनहरुमा निरन्तर नियन्त्रित अवस्था देखिएको छ । कर्णालीमा एक हजार ७४७ जना सङ्क्रमितको पुष्टि भएको छ । एक हजार ३७१ जना निको भई घर फर्किसकेका छन् ।

    पोखरा शहर भएको गण्डकी प्रदेशमा एक हजार २७८ जना सङ्क्रमित छन् । सक्रिय बिरामी ७७१ जना छन् । कोभिड–१९ ले सबैभन्दा बढी प्रदेश ५ मा दश र वाग्मती प्रदेशमा नौ जनाको मृत्यु भएको छ । सुदुरपश्चिममा छ, कर्णाली र प्रदेश २ मा चार चार जना मृतकमा सङ्क्रमणको पुष्टि भएको छ ।

    महामारी तथा सरुवा रोग नियन्त्रण केन्द्रका प्रमुख डा. बासुदेव पाण्डे भन्नुहुन्छ, “हवाई मार्ग भएर विदेशबाट आउने र खुला सीमा भएर फर्किनेको व्यवस्थापनले आगामी अवस्था निर्भर हुन्छ ।”

    भारतमा दैनिक सङ्क्रमित हुनेको संख्या करिब २८ हजार पुगेको छ । अमेरिकी राष्ट्रहरुमा पनि सङ्क्रमण अझै उच्च रुपमा वृद्धि हुँदैछ । सार्वजनिक यातायात पूर्णरुपमा सञ्चालनको महिना दिनभित्र नेपालमासङ्क्रमणको तरङ्ग र वस्तुस्थिति बुझ्न महत्वपूर्ण हुनेछ ।

     


    बुधवार, आषाढ ३१ २०७७११:५३:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij