Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

कोरोनाविरुद्धको खोप अभियानमा नेपाल अन्य देशभन्दा अगाडि

कोरोनाविरुद्धको खोप अभियानमा नेपाल अन्य देशभन्दा अगाडि

  • सोमवार, फाल्गुण १० २०७७

  • 741
    SHARES

  • कोरोनाविरुद्धको खोप अभियानमा नेपाल अन्य देशभन्दा अगाडि

    काठमाडौं । विश्वका १ सय ३० राष्ट्रले आफ्ना नागरिकलाई अहिलेसम्म एक डोज पनि खोप दिन सकेका छैनन्। यस्तो अवस्थामा कोरोनाविरुद्धको खोप अभियानमा नेपाल भने निकै अगाडि देखिएको छ। दक्षिण एसियाली राष्ट्रमध्ये खोप अभियान सुरु गर्नेमा नेपाल पनि परेको छ।

    दक्षिण एसियामा अहिलेसम्म नेपालसहित बंगलादेश, भारत र श्रीलंकाले खोप अभियान सुरु गरेका छन्। पाकिस्तान, भुटान र अफगानिस्तानमा खोप अभियान सुरु हुन सकेको छैन्।

    नेपालमा सरकारको तयारी र भारत सरकारको सहयोगका कारण खोप अभियान छिटै सुरु हुन सकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठ बताउनुहुन्छ।

    ‘मुख्य कुरा, हाम्रो तीव्र तयारी नै हो, जसका कारण खोप अभियान समयमै चलाउन सफल भयौं’, उनले भने।पहिलो चरणमा नेपालले भारतबाट २० लाख डोज खोप खरिद गरिसकेको छ।

    त्यसमध्ये १० लाख डोज आइतबार नेपाल आइसकेको छ भने थप १० लाख डोज दुई साताभित्र नेपाल आइपुग्ने कोभिड १९ विरुद्धको खोप अभियानका संयोजक डा.श्यामराज उप्रेतीले बताउनुभयो।

    नेपालले कोभ्याक्सले दिने २० प्रतिशत खोप आउनुअघि नै एक प्रतिशत जनसंख्यालाई खोप दिने स्थिति देखिएको छ। ‘हामीले कोभ्याक्सले दिने खोप आउनुअघि नै एक प्रतिशत जनसंख्यालाई खोप लगाउन सक्षम हुन भयौं।

    यो अन्य देशको तुलनामा राम्रो प्रगति हो’, डा.उप्रेतीले भन्नुभयो । सरकारको आफ्नै व्यवस्थापकीय तयारीका कारण कोभिडविरुद्ध खोप अभियानमा नेपाल विश्वका थुप्रै धनी तथा विकसित देशभन्दा अघि आउन सफल भएको उहाँले बताउनुभयो।

    नेपालले खोप किन्न सुरुमै बजेट तयारी अवस्थामा राख्नु, छिमेकी राष्ट्रहरूसँग पहल गर्नु, खोप उत्पादक कम्पनीसित पहल गर्न सफल हुनुलगायतले अभियान प्रभावकारी ढंगले सुरु भएको उहाँको भनाइ छ।

    ‘सीधै खोप किन्न बाधा बनेको कानुनी बाटो खोल्ने, बजेट निकासा गर्नेजस्ता काममा हामीले एकपछि अर्को निर्णय छिटोछिटो गर्दै गयौं’, उहाँले भन्नुभयो। नेपालले कोभिड १९ विरुद्धको खोप खरिदका लागि ४८ अर्ब बजेट तयारी अवस्थामा राखेको छ। यसमध्येबाट भारतबाट करिब ९३ करोडको खोप खरिद गरिसकिएको छ।

    नेपाल सरकारले असारअघि नै २० प्रतिशत जनसंख्यालाई खोप लगाउने योजना बनाएको छ।

    यो समाचार आजको नागरिक दैनिकमा छ ।


    सोमवार, फाल्गुण १० २०७७०७:२७:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij