Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

क्षमापूजासहित पशुपतिमा सुनको जलहरी राखिँदै

क्षमापूजासहित पशुपतिमा सुनको जलहरी राखिँदै

  • सोमवार, फाल्गुण १० २०७७

  • 3.0K
    SHARES

  • क्षमापूजासहित पशुपतिमा सुनको जलहरी राखिँदै

    काठमाडौं । पशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिमाथि रहेको चाँदीको जलहरी जीर्ण भएको भन्दै क्षमापूजासहित सुनको जलहरी राख्ने कार्य भइरहेको छ ।

    रणबहादुर शाहको शासनकालमा राखिएको चाँदीको जलहरी जीर्ण भई पशुपतिनाथलाई चढाइएका जल, पञ्चामृत आदि चुहिन थालेपछि सो जलहरी परिवर्तन गर्न लागिएको हो ।

    १ सय २१ जना पण्डितले शिव र शक्तिको आराधना गरेसँगै क्षमापूजा शुरु गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवा डा.प्रदीप ढकालले जानकारी दिनुभएको छ ।

    जलहरी राख्नुअघि भारतबाट आएका २६ जना पण्डित तथा नेपालका १६ जना पण्डितले शनिबारदेखि विधिपूर्वक पाठ, जप, हवन आदि गरिहेको लक्ष्मण पन्थी बताउनुहुन्छ । सो पूजा आगामी बुधबारसम्म चल्ने छ ।

    यो समाचार आजको नेपाल समाचार पत्रमा छ ।


    सोमवार, फाल्गुण १० २०७७०७:२३:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij