Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रदेश १ का मुख्यमन्त्री राईविरूद्ध अविश्वासको प्रस्ताव पेश,अर्को बैठक फागुन २० गते

प्रदेश १ का मुख्यमन्त्री राईविरूद्ध अविश्वासको प्रस्ताव पेश,अर्को बैठक फागुन २० गते

  • आइतवार, फाल्गुण ९ २०७७

  • 817
    SHARES

  • प्रदेश १ का मुख्यमन्त्री राईविरूद्ध अविश्वासको प्रस्ताव पेश,अर्को बैठक फागुन २० गते

     

    विराटनगर । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईविरूद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव पेश भएको छ ।

    आज बसेको प्रदेश संसद बैठकमा राईविरुद्ध अविश्वासको प्रस्ताव पेश गरिएको हो । उनीविरुद्ध इन्द्रबहादुर आङ्बोले अविश्वासको प्रस्ताव पेश गरेका हुन् । मुख्यमन्त्री राईविरुद्ध ३७ जना सांसदको हस्ताक्षर रहेको अविश्वासको प्रस्ताव पेश गरिएको छ ।

    राईविरुद्ध प्रचण्ड–माधव समूहले १२ पुसमा अविश्वासको प्रस्ताव दर्ता गरेको थियो ।

    मुख्यमन्त्री राईविरुद्ध नेपालको संविधानको धारा १८८ ९४० तथा प्रदेशसभा नियमावली २०७४ को १२९ ९१० बमोजिम अविश्वासको प्रस्ताव पेश भएको हो ।

    प्रचण्ड–नेपाल समूहले अविश्वासको प्रस्ताव पेश गरे पनि सत्ता पक्षका सांसदहरूले भने बैठक नै बहिष्कार गरेका थिए ।

    अविश्वास प्रस्ताव पेश हुनेबित्तिकै सभामुख प्रदीपकुमार भण्डारीले बैठक स्थगित गरेका थिए । अर्को बैठक फागुन २० गतेलाई राखिएको छ ।


    आइतवार, फाल्गुण ९ २०७७०४:३८:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij