Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

सुर्खेतको वीरेन्द्रनगरमा बर्डफ्लु, भारतबाट कुखुरा ल्याउन प्रतिबन्ध

सुर्खेतको वीरेन्द्रनगरमा बर्डफ्लु, भारतबाट कुखुरा ल्याउन प्रतिबन्ध

  • आइतवार, फाल्गुण ९ २०७७

  • 890
    SHARES

  • सुर्खेतको वीरेन्द्रनगरमा बर्डफ्लु, भारतबाट कुखुरा ल्याउन प्रतिबन्ध

    काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा बर्डफ्लु भित्रिएको छ । वीरेन्द्रनगर नगरपालिका–१२, स्थित नौलोटोलमा कृषकले पालेको स्थानीय कुखुरा र परेवामा बर्डफ्लु देखिएको हो ।

    पशुसेवा विभागको केन्द्रीय प्रयोगशालाले सुर्खेतमा बर्डफ्लु पुष्टि गरेको पशुपन्छी विकास निर्देशनालय कर्णाली प्रदेशका सूचना अधिकारी कृष्णप्रसाद चपाईले बताउनुभयो ।

    चपाईका अनुसार बर्डफ्लु पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलिन नदिई तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश र स्थानीय तहबाट जनशक्ति परिचालन गरिएको छ ।

    रोग नियन्त्रणका लागि सहजीकरण गर्न केन्द्रबाटै पशु चिकित्सकको विज्ञ टोली खटाइएको छ ।

    बर्डफ्लु देखिएपछि तत्काललाई भारतबाट कुखुरा ल्याउन प्रतिबन्ध लगाउने, शंकास्पद स्थानमा परीक्षण गर्ने र कुखुरा नष्ट गरेका कृषकलाई राहत वितरणलगायतका कार्यक्रमहरु गर्ने सूचना अधिकारी चपाईले बताउनुभयो ।

     


    आइतवार, फाल्गुण ९ २०७७०९:२०:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij