Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मौसम पूर्वानुमान : अब बिस्तारै चिसो हट्दै जाने

मौसम पूर्वानुमान : अब बिस्तारै चिसो हट्दै जाने

  • आइतवार, फाल्गुण ९ २०७७

  • 1.1K
    SHARES

  • मौसम पूर्वानुमान : अब बिस्तारै चिसो हट्दै जाने

    काठमाडौं । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ ।

    पश्चिमी वायुको प्रभाव नरहेकाले देशभरको मौसम सफा रहेको र आज सबैजसो ठाउँमा घाम लाग्ने मौसमविद्ले बताएका छन् ।

    मौसमविद्काअनुसार पूर्वी तराईका एकरदुई ठाउँमा अहिले कुहिरो लागेको छ तर बिस्तारै कुहिरो हटेर घाम लाग्ने सम्भावना छ ।

    अबको दुई–तीन दिनसम्म मौसम बद्ली हुने सम्भावना नरहेको बताइएको छ । देशका धेरै ठाउँमा दिउँसोको समयमा गर्मी बढे पनि बिहान बेलुका भने चिसो छ । अब बिस्तारै चिसो हट्दै जाने छ ।

    आज काठमाडांैको न्यूनतम तापक्रम ६ दशमलव १ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २२ देखि २४ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।


    आइतवार, फाल्गुण ९ २०७७०८:४३:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij