Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

२४ घण्टामा थपिए ८८ कोरोना संक्रमित, १३६ डिस्चार्ज

२४ घण्टामा थपिए ८८ कोरोना संक्रमित, १३६ डिस्चार्ज

  • शनिवार, फाल्गुण ८ २०७७

  • 753
    SHARES

  • २४ घण्टामा थपिए ८८ कोरोना संक्रमित, १३६ डिस्चार्ज

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ३५१ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार ५३५ रहेको छ ।

    पछिल्लो २४ घण्टामा थप १३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६९ हजार ७५५ पुगेको छ ।

    उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो।

    पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको निधन नभएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २ हजार ६१ रहेको छ ।


    शनिवार, फाल्गुण ८ २०७७०४:४६:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij