काठमाडौँ । दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख अमर सिंह धामीले देशका ५० प्रतिशतभन्दा बढी स्थानीय सरकार प्रदेश र संघसँग असन्तुष्ट रहेको बताउनुभएको छ । संघ र प्रदेश सरकारले स्थानीय तहको क्षेत्राअधिकार मिचिने गरी समन्वय नगरी आफ्नै ढंगले अघि बढेकोले अधिकांश स्थानीय तहको संघ र प्रदेश सरकारप्रति असन्तुष्टि रहेको उहाँले बताउनुभयो ।
‘करिब ५० प्रतिशत स्थानीय तह संघ र प्रदेस सरकारसँग असन्तुष्ट छन् ।’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘स्थानीय सरकार’मा नगर प्रमुख धामीले भन्नुभयो, ‘म जुन बेला गोष्टीमा धनगढी जान्छु, सबै पार्टीबाट निर्वाचित साथीहरुले यस्तै गुनासो गर्छन् ।’
नगर प्रमुख धामीले आफूहरुले मुख्यगरी शिक्षा, स्वास्थ्य र यातालाई क्षेत्रलाई प्राथमिकता दिएर काम गरिहेको बताउनुभयो । उहाँले स्थानीय तहहरुको सक्रियाताकै कारण नेपाल कोरोना महामारीको संक्रमण तिव्र गतिमा फैलिन नपाएको र र नियन्त्रणमा आएको जिकिर गर्नुभयो ।
नगर प्रमुख धामीसँग गरिएको कुराकानी सुन्नुहोस्