Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
नेकपा विवाद :

ओली पक्षले आज विराटनगरमा शक्ति प्रदर्शन गर्दै

ओली पक्षले आज विराटनगरमा शक्ति प्रदर्शन गर्दै

  • शनिवार, फाल्गुण ८ २०७७

  • 1.2K
    SHARES

  • ओली पक्षले आज विराटनगरमा शक्ति प्रदर्शन गर्दै

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको (नेकपा) ओली पक्षले आज विराटनगरमा शक्ति प्रदर्शन गर्दै छ ।

    प्रतिनिधिसभा विघटनपछि विभाजित बनेको नेकपाको ओली समूहले चुनावी प्रचारप्रसार गर्ने तथा सरकारको कदमका पक्षमा जनमत देखाउन विराटनगरमा शक्ति प्रदर्शन गर्न लागेको हो ।

    विराटनगर महानगरपालिका–२ को विराट नर्सिङ होमको पूर्वतर्फ रहेको मैदानमा आयोजना हुने आमसभालाई प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा बादल, नेता सुभासचन्द्र नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    आमसभा अघि विभिन्न ६ स्थानबाट ¥याली निस्कने छन् । विराटनगरको कञ्चनबारी, रोडशेष, तीनपैनी, हाटखोलालगायतका स्थानबाट ११ बजे ¥याली निसक्नेछन् ।

    पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि नेकपा ओली र दाहाल नेपाल समूहमा विभाजित भएका दुबै समूहले समानन्तर रूपमा आफ्ना गतिविधि अघि बढाइरहेका छन् ।


    शनिवार, फाल्गुण ८ २०७७०९:०६:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij