Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

तुलसी दिवसको ‘नेपाली लोककथा’ बजारमा

तुलसी दिवसको ‘नेपाली लोककथा’ बजारमा

  • बिहिवार, फाल्गुण ६ २०७७

  • 1.2K
    SHARES

  • तुलसी दिवसको ‘नेपाली लोककथा’ बजारमा

    काठमाडौं । साहित्यकार तुलसी दिवसको लोककथा संग्रह ‘नेपाली लोककथा’ सार्वजनिक भएको छ । पुस्तकलाई बुक–हिल पब्लिकेसनले ‘क्लासिक सिरिज अन्तर्गत प्रकाशन गरेको हो ।

    लोक साहित्य तथा संस्कृति अन्वेषकसमेत रहेका दिवसको यस पुस्तकमा नेपालका विभिन्न भू–भागमा बसोबास गर्ने विविध जाति तथा नेपालबाहिर बसोबास गर्ने नेपालभाषीका जनजीवनमा प्रचलित १२२ वटा लोककथा समेटिएको छ ।

    विभिन्न विश्वविधालयमा लोकसाहित्य अध्ययनको स्रोत पुस्तकको रूपमासमेत रहेको करिब ६०० पृष्ठको सचित्र किताबको मूल्य ९९९ रुपैयाँ रहेको छ ।

    ०३१ सालमा तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानले यो पुस्तकको पहिलो संस्करण प्रकाशन गरेको थियो ।

     


    बिहिवार, फाल्गुण ६ २०७७०२:३९:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij