Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images
भागरथी बलात्कार तथा हत्या प्रकरण

महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो

महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो

  • मंगलवार, फाल्गुण ४ २०७७

  • 2.9K
    SHARES

  • महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो

    काठमाडौं । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको प्रकरणमा महेन्द्रनगरबाट पक्राउ परेका एक जनालाई अनुसन्धानका लागि बैतडी लगिएको छ ।

    पक्राउ परेका अभियुक्त सार्वजनिक पद धारण गरेका व्यक्ति हुन् । भागरथीको घर भएकै दोगडाकेदार गाउँपालिकाका निवासी ती पुरुषलाई कञ्चनपुर प्रहरीले भीमदत्त नगरपालिकाको ऐठपुरबाट गिरफ्तार गरी बैतडी प्रहरीको जिम्मा लगाएको हो ।

    प्रहरी स्रोतका अनुसार ती व्यक्ति र भागरथीबीच पहिलेदेखि नै चिनजान रहेको पाइएको छ । उनी भागरथीको हत्या भएको केहीदिनपछि बैतडीबाट विदामा महेन्द्रनगर गएका थिए ।

    शंकास्पद गतिविधिका कारण हत्या प्रकरणमा उनको संलग्नता रहेको प्रहरी स्रोतको दाबी छ । यद्यपि, घटनामा उनको संलग्नता पुष्टि तथ्य र बयानका आधारमा गरिने प्रहरीले जनाएको छ ।


    मंगलवार, फाल्गुण ४ २०७७०३:३५:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij