काठमाडौं । बालुवाटार जग्गा प्रकरणमा नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालविरुद्धको मुद्दामा पेशी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरि फुयाँलको इजलासमा पेशी तोकिएको हो ।
बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपाललाई मुद्दा नचलाएको भन्दै अधिवक्ता बालकृष्ण न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महान्यायाधिवक्ताको कार्यालयलाई समेत विपक्षी बनाएर रिट दायर गरेका थिए ।
यसअघि पनि सोही इजलासमा परेको उक्त मुद्दामा हेर्न नभ्याइने सूचीमा राखिएको थियो ।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै अहिले प्रचण्ड–माधव समूह आन्दोलनमा छ ।