दाङ । दाङमा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ । नागरिकलाई स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको हो ।
स्वास्थ्य बिमा लागू हुने दाङ लुम्बिनी प्रदेशको ११ र देशभरको ६७ औं जिल्ला हो । स्वास्थ्य बिमा सरकारको वार्षिक कार्यक्रम हो ।
३ हजार ५ सय रुपैयाँ तिरेर बिमा गरेपछि वर्ष भरमा १ लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार लिन सकिने व्यवस्था छ ।
स्वास्थ्य बिमाको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले शुभाराम्भ गर्नुभएको हो ।
स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीले मुख्यमन्त्री पोखरेललाई बिमा कार्ड उपलब्ध गराएर जिल्लामा बिमा शुभाराम्भ गर्नुभएको छ ।