काठमाडौं । श्रम स्वीकृति लिएर मलेसिया जाने नेपाली कामदारको मृत्यु भएमा आश्रित परिवारले आजीवन पेन्सन पाउने भएका छन ।
श्रमिकको न्यूनतम पारिश्रमिकको ९० प्रतिशत रकम मृतकको परिवारले आजीवन पाउने वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
मलेसिया सरकारले सञ्चालन गरेको सामाजिक सुरक्षा संस्था (सोक्सो) कार्यक्रमअन्तर्गत नेपाली श्रमिकले यस्तो सुविधा पाउने भएका हुन ।
मलेसिया जाने नेपाली श्रमिकलाई पनि सोक्सोमा आबद्ध गराउन मलेसियास्थित सोक्सोले प्रस्ताव गरेको बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो ।
सोक्सो प्रस्तावलाई मलेसियाको मन्त्रिपरिषद्ले समेत पारित गरेको छ । त्यसैले केही दिनमा नै वैदेशिक रोजगार बोर्ड र सोक्सोबीच सम्झौता हुने उहाँले बताउनुभयो । सम्भवतः आगामी फागुनदेखि नै नेपाली श्रमिक सोक्सोमा आबद्ध हुने उहाँको भनाइ छ ।
यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।