काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले आज रूपन्देहीको बुटवलमा जनसभा आयोजना गरिहेको छ ।

जनसभालाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपाका ओली समूहका नेताहरुले बताएका छन् ।

जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली केहीबरेअघि मञ्चमा पुगिसक्नुभएको छ ।

आजको जनसभामा दुई लाख मानिस उतारिएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बताउनुभएको छ ।

यसअघि, प्रधानमन्त्री ओलीले बुटवलमा केवलकार शिलान्यास गर्नुभएको थियो ।

जनसभालाई महासचिव विष्णु पौडेल, मुख्यमन्त्री पोखरेललगायतले सम्बोधन गरिसक्नुभएको छ । अहिले प्रधानमन्त्री ओलीले सम्बोधन गर्दैहुनुहुन्छ ।
तस्बिरहरु : प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको फेसबुक !