Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आज नेकपा ओली समूहले बुटवलमा विशाल जनसभा गर्दै

आज नेकपा ओली समूहले बुटवलमा विशाल जनसभा गर्दै

प्रधानमन्त्री ओली लगायतका नेताले सम्बोधन गर्ने
  • शनिवार, फाल्गुण १ २०७७

  • 1.8K
    SHARES

  • आज नेकपा ओली समूहले बुटवलमा विशाल जनसभा गर्दै

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले आज रूपन्देहीको बुटवलमा विशाल जनसभा आयोजना गर्दै छ ।

    जनसभालाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपाका ओली समूहका नेताहरुले बताएका छन ।
    जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली आज बिहान बुटवल प्रस्थान गर्ने नेताहरुको भनाई छ ।

    आजको जनसभा ऐतिहासिक हुने र प्रदेशका २ लाख नागरिक उतार्ने नेकपा नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बताउनुभएको छ ।

    आमसभा दिउँसो साढे १२ बजे सुरु हुने पोखरेलले बताउनुभयो । त्यसअघि प्रधानमन्त्री ओलीले बुटवलमा केवलकार शिलान्यास गर्ने कार्यक्रम छ ।
    प्रधानमन्त्रीले सबैभन्दा पहिला बुटवलको चिडियाखोलादेखि पूर्व पाल्पाको वसन्तपुरसम्म जोड्ने केबलकारको बिहान साढे १० बजे शिलान्याश गर्ने पोखरेलले बताउनुभयो ।

    सभाको पूर्वसन्ध्यामा नेकपाका युवा इन्चार्ज महेश बस्नेतको नेतृत्वमा युवा तथा विद्यार्थीहरुले मोटरसाइकल ¥याली निकालेका थिए । उनीहरूले बुटबलका विभिन्न ठाउँमा मार्चपास समेत गरेका थिए ।

    जनसभामा प्रधानमन्त्री ओली, महासचिव विष्णु पौडेल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी र मुख्यमन्त्री शंकर पोखरेललगायतले सम्बोधन गर्ने तयारी छ ।

    नेकपाको ओली समूहले यसअघि लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती उपत्यका, धनगढी, चितवन र काठमाडौंमा विशाल जनसभा गरिसकेको छ ।


    शनिवार, फाल्गुण १ २०७७०८:४३:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij